काठमाडौं – कोपा अमेरिको फाइनल भिडन्तमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी खेलको ६५ मिनेटमा मैदानबाट बाहिरिएका छन्। पहिलो हाफमा घाइते भए पनि मैदानमै रहेका मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका हुन्।कोपा अमेरिकाको उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै छन्। खेलको ६५ मिनेटसम्म खेल गोलरहित बराबरीमा जारी छ।

अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो।
प्रकाशित :- २०८१ असार ३१, सोमबार ०३:१७