काठमाडौं। दक्षिणकाली नगरपालिका–५ डोल्लुस्थित थाई गुम्बा भनिने कर्मास्यामदेलिङ नुनुरी आनी थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएकी एक नाबालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा हुनेमा ५ वर्षीया पल्जोम तामाङ छिन् । उनको दक्षिणकालीकै मनमोहन अस्पतलामा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।उनका अनुसार पल्जोम केही समय पर्खाल भत्किँदा पुरिएर बेपत्ता भएकी थिइन् भने प्रहरीले घाइते अवस्थामा उनको उद्दार गरेको थियो ।गुम्बाको पर्खाल भत्किँदा ६ जना नाबालिकाहरु पुरिएर घाइते भएका छन् । घाइते हुनेहरूमा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्बो शेर्पा, १० वर्षीया सुनिता तामाङ, ८ वर्षीया ममता तामाङ र ८ वर्षीया मनकुमारी तामाङ रहेका छन् । उनीहरुको ५ जनाको उपचार बल्खुस्थित बयोधा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।गुम्बाको कम्पाउण्ड पर्खाल भत्किएको प्रहरीले बताएको छ । उनीहरु सबै उक्त गुम्बामा बसेर पढ्दै आएका आनीहरु रहेको प्रहरीले जनाएको छ ।
