काठमाडौं । ब्रिटिस काउन्सिलले फाउन्डेसन इंग्लिस टेस्ट (एफईटी) को परीक्षा आवेदन खुला गरेको छ । सरकारले इजरायलमा केयर गिभरको रुपमा काम गर्न जान इच्छुकसँग आह्वान गरेको आवेदनको प्रक्रियालाई प्रभावित गर्न बन्द टेस्टको आवेदन गत २१ असारदेखि बन्द गरिएको थियो । तर, बधारबार रातिदेखि आगामी १ असारसम्मका लागि परीक्षा आवेदन खुलेको हो । अब एफईटीको परीक्षा लिन थालिएको छ ।

वैदेशिक रोजगार विभागले ११ असारमा ८०० जनाको श्रमिक छनोटका लागि आह्वान गरेको सूचनामा अंग्रेजी भाषा परीक्षणको प्रमाण पत्र अनिवार्य भनिएको छ । विभागले सूचनामा अंग्रेजी भाषा परीक्षण प्रमाण पत्रका रुपमा ब्रिटिस काउन्सिलबाट लिइएको फाउन्डेसन इंग्लिस टेस्ट (एफईटी) को कम्तीमा ‘ए २ लेभल’को प्रमाणपत्र तोकिएबमोजिम अपलोड गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ । तर, आवेदन अवधिमै परीक्षा फारम बन्द गरिएको थियो । फारम भर्न नपाएपछि इच्छुक उम्मेदवारले परीक्षा दिन खोज्दासमेत नपाउने अवस्था उत्पन्न भएको थियो ।आवेदन दिंदा नै ब्रिटिस काउन्सिलबाट ‘एफईटी’मा ए २ लेभल उत्तीर्ण भएको प्रमाणपत्र अनिवार्य गरेर परीक्षा फारम बन्द गरिएपछि इजरायलको रोजगार भर्ना प्रक्रिया विवादमा फसेको छ ।
इजरायलको आवेदनमा अनिवार्य गरिएको ‘एफईटी ए २ लेभल’ बेसिक इंग्लिस कोर्स बराबरको हो । तर, ब्रिटिस काउन्सिलकै प्रमाणपत्र मागेर सरकारले नै परीक्षा बन्द गर्न ब्रिटिस काउन्सिललाई दबाब दिएको थियो । ब्रिटिस काउन्सिलको प्रमाण पत्र मागिएको २१ दिनको सूचना निकालेर परीक्षा लिन चाहँदा भने दिनै नपाइने अवस्था बनाइएपछि सरकारको नियतमाथि प्रश्न उठेको थियो ।