त्रिशूली । नुवाकोटको विदुर नगरपालिकाले जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनको लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । नगरको नीति तथा कार्यक्रम एंव बजेटमा उल्लेख भए अनुसार ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत १५ जना विद्यार्थीलाई प्राविधिक विषय अध्ययनको लागि आवश्यक सबै शुल्क छात्रवृत्तिस्वरुप उपलब्ध गराएको हो ।

उनको अनुसार यो शैक्षिक सत्रमा उक्त शिक्षालयका पहिलो ब्याजका छ जना विद्यार्थीलाई (दोस्रो र तेस्रो शैक्षिक सत्र) को शुल्कबापत रु तीन लाख ३० हजार र दोस्रो ब्याजका नौ जना विद्यार्थीलाई पहिलो र दोस्रो शैक्षिक सत्रको शुल्कबापत रु तीन लाख ७८ हजार प्रदान गरिएको छ ।
“जेहेन्दार तथा गरिब विद्यार्थीलाई शिक्षा प्रदान गर्न र त्यसमा पनि प्राविधिक शिक्षामा पहुँच बढाउन उक्त कार्यक्रम निकै प्रभावकारी भएको छ ।” उपप्रमुख बोगटीले भनिन् “नगरपालिकाको छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीले अध्ययन पूरा गरेपछि नगरपालिकाले खटाएको स्थानमा पाँचौँ तहको कर्मचारीले पाउने सुरु तलब स्केलमा सेवा गर्ने प्रतिवद्ध गरिएको हुँदा पालिकाले दक्ष जनशक्ति पाउने छ ।”
विदुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’ कार्यक्रममार्फत प्राविधिक विषयमा तीनवर्षे डिप्लोमा तह र प्राविधिक उच्च शिक्षाअन्तर्गत चिकित्सक,इञ्जिनियर, पशु चिकित्सक, वनविज्ञान अध्ययनको लागिसमेत पूर्ण छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । तोकिएको कार्यविधिअनुसार उच्च प्राविधिक शिक्षा अध्ययनको लागि भने छात्रवृत्ति माग नआएको जनाएको छ ।