काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । आइतबार २२ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ३७ हजार ५०० रुपैयाँ रहेको छ । छापावाला सुनको मूल्य शुक्रबार १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको । आइतबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित :- २०८१ बैशाख ३, सोमबार ०६:४२