काठमाडौँ। अर्काको नागरिकता दुरुपयोग गरेर अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा श्रीमान–श्रीमतीसहित तीन् जना छन् । झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया रश्मी विश्वकर्मा भनिने सन्जु पौडेली, उनका श्रीमान ३५ वर्षीय ३५ वर्षीय निश्चल पोर्तेल र इलामका ३४ वर्षीय धनबहादुर विक छन् ।
सन्जु पौडेलीले रश्मि विश्वकर्माको नागरिकता फेला पारेर त्यसमा आफ्नो फोटो टाँसेर १६ वटा बैंक खाता खोलेर ती खाता ठगीमा प्रयोग गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
दुई वर्षदेखि ठगीमा संलग्न सन्जुले सामाजिक संजाल फेसबुक, ह्वाट्स एप र इन्स्टाग्राम माार्फत पीडितहरुलाई सम्पर्क गरेर बहुमुल्य सामान र पार्सल आएको भन्दै सो सामान पाउन भन्सार तिनुपर्ने नाममा रकम असुल गरेकी हुन् । आरोपीले आफूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत हुँ भनेर बताउने गरेकी थिइन् ।
पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।