झापा । झापामा मनसुनजन्य घटनाबाट ४ जनाको मृत्यु भएको छ ।

खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । चट्याङ लागेर तीन महिला घाइते भएको प्रहरीले जनाएको छ । मनसुनजन्य घटनाबाट जिल्लाका विभिन्न ११ स्थानमा करिब रु एक करोड आठ लाख पाँच सय बराबरको भौतिक क्षति भएको छ ।
जिल्लाका विभिन्न स्थानमा बाढीका कारण एक सय ८६ घर डुबानमा परेका छन् । २८ घरपरिवार विस्थापित भएका छन् । तीमध्ये १६ परिवार फर्किसकेको र १२ परिवार घर फर्किन बाँकी रहेको प्रवक्ता चन्दले जानकारी दिए ।
सोही अवधिमा प्रहरीले ११ घरपरिवारका ४० जनाको उद्धारसमेत गरेको छ । मनसुनजन्य घटनामा परी चार वटा पशु मरेका छन् । जिल्लामा मनसुनजन्य घटनामा परेकाको उद्धारका गर्न एक सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
प्रकाशित :- २०८१ असार २५, मंगलवार १३:५५