काठमाडौँ । लामो समयदेखि रुससँगको युद्धमा होमिएको युक्रेनकी एक खेलाडीले विश्व एथलेटिक्समा ३७ वर्ष पुरानो कीर्तिमान भंग गरेकी छन् । हाई जम्पकी २२ वर्षीया युक्रेनी खेलाडी यारोस्लावा महुचिखले पेरिस डायमन्ड लिगमा कीर्तिमानी प्रदर्शन गर्दै इतिहासमा आफ्नो नाम लेखाएकी हुन् ।

यारोस्लावाले सन् २०२० मा सम्पन्न टोकियो ओलम्पिकमा पनि कांश्य पदक जितेकी थिइन् । उनले अब आफ्नो लक्ष्य पेरिस ओलम्पिकमा केन्द्रित भएको पनि बताएकी छन् । उनले आफ्नो लक्ष्य पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्ने रहेको बताइन् ।
आफ्नो देश युक्रेन लामो समयदेखि युद्धको चपेटामा परेकाले यारोस्लावाले डायमन्ड लिग र पेरिस ओलम्पिकको तयारी विदेशमा गरेकी थिइन् । उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले रुस र बेलारुसलाई ओलम्पिकमा सहभागी हुनबाट रोक लगाएर राम्रो निर्णय गरेको प्रतिक्रिया पनि दिएकी छन् ।