काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण देशका २७ वटा मुख्य राजमार्गहरू पूर्णरुपमा अवरुद्ध हुन पुगेका छन् । नेपाल प्रहरीले आइतबार बिहान ११ बजे दिएको जानकारी अनुसार प्युठानको स्याउली वगदुम्वा र भालुवाङ दाङ प्युठान सडक पूर्णरुपमा अवरुद्ध भएका छन् ।त्यसैगरी गुल्मीको रिडी वाग्लुङ,कालीगण्डकी कोरिडोर,मदन भण्डारी राजमार्ग,रिडी बाग्लुङ,गोरुसिङ्गे सन्धीखर्क सडक,पाल्पा अर्घाखाँची सडक,शहीद राजमार्ग र घोराही तुलसीपुर सडक पूर्णरुपमा अवरुद्ध भएका हुन् । त्यस्तै कालिकोटमा पहिरो गएकाले कर्णाली राजमार्ग,पहिरोकै कारण साँफे मार्तडी सडक, जय पृथ्वी सडक खण्ड, बझाङखोड्पे तैतडी सडक र भीमदत्त राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यसैगरी कान्तिलोकपथ, दक्षिणकाली कोशी राजमार्ग, भोटेखोला कोशी राजमार्ग,स्याफ्रुवेशी थाम्बुचेत सडक खण्ड पहिरोका कारण अवरुद्ध भएका छन् । उता बाढीका कारण मनाङमा चामे बेँशीशहर खण्ड अवरुद्ध हुँदा पहिरोका कारण वेनी दरवाङ सडक, बेनिजोमशोम, स्याङ्जामा सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् ।पहिरोका कारण नवलपरासीमा कालीगण्डकी कोरिडोर, वाग्लुङमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध हुन पुगेका छन् । कतिपय अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
