तेह्रथुम । तेह्रथुममा आमाको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

लालिगुराँस नगरपालिका-८ सोल्मा तेजेन्द्र चोक बस्ने ४६ वर्षीया तिलमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले उनका २३ वर्षीय छोरा दिपक नेपालीलाई पक्राउ गरेको हो ।
बिहीबार दिउँसो दिपकले आफ्नी आमामाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ ।
हत्या भएको खबरपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुम, इलाका प्रहरी कार्यालय बसन्तपुर र प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित :- २०८१ असार २२, शनिबार ११:३७