काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ । प्रज्ञा भवन कमलादीमा दसौँ राष्ट्रिय महाधिवेशन हलमा उक्त नयाँ कमिटी घोषणा गरिएको हो । त्यसअघि सचिवालय बैठक बसेको थियो । एकीकृत समाजवादीले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने विधानको व्यवस्था छ । यसअघि अध्यक्षमा माधव नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भइसकेका छन् ।

प्रकाशित :- २०८१ असार २१, शुक्रबार ०८:४४