काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट अल्पमतमा परिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानअनुसार विश्वासको मत लिने अधिकार भए पनि अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।समावेशी र समानुपातिक प्रतिनिधित्व लगायत विषय साथै संघीयता कार्यान्वयन गर्न संविधान संसोधन गर्नुपर्ने आवश्यकता विगत ७ वर्षमा सबैले महसुस गरेकाले एमालेसँग सहकार्यको निर्णय भएको थापाले बताए ।एमालेसँगको सहकार्यमा संविधान संसोधन गर्न लागिएको उनले बताए । थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर अझै मजबुत बनाउने उद्देश्यले कांग्रेस-एमाले नयाँ सहकार्य भएको पनि उनले बताए ।त्यस्तै थापाले प्रधानमन्त्रीको अस्थिर चरित्रका कारण उनी नेतृत्वको सरकार ढलेको स्पष्ट पारे । संविधान संशोधनका लागि कांग्रेस र एमालेको संख्याले मात्रै नपुग्ने भएकाले अन्य दलसहित राष्ट्रिय सहमतिको सरकार बनाउने पनि थापाले जानकारी दिएका छन् ।
