काठमाडौं । बुद्ध एयरले एटीआर ७२-५०० नामक ७२ सिट क्षमताको जहाज थप गरेको छ । नयाँ जहाज थप गरेसँगै बुद्धसँग एटीआर ७२ जहाजको संख्या १५ पुगेको छ । बुद्ध एयरसँग ३ वटा एटीआर-४२–३२० र १५ वटा एटीआर-७२-५०० जहाज छन् ।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धताअनुरूप नयाँ जहाज थपिएको बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताए । उनले भने, ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भएअनुरूप यात्रुलाई थप सेवा दिन जहाज संख्या बढाएका हौं, उडान तालिकालाई प्रभावकारी बनाएर यात्रुलाई थप सेवा दिने उद्देश्य हो ।’
आवश्यक कागजी प्रक्रिया पुर्याएर अगामी साउन १ देखि सुर्खेत र धनगढीमा एक अतिरित्त उडान गर्ने भएको छ । हाल उडान भएकै गन्तव्यमा नयाँ जहाजले अतिरिक्त उडान गर्ने बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले जानकारी दिए ।
बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ । यसैगरी पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्ज उडान पनि भरिरहेको छ ।