भारत आईसीसी टी २० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत सेमीफाइनलमा प्रवेश गरेको हो ।सुरुवाति ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । १७२ रनको विजय लक्ष्य पछ्याएको इङ्ल्यान्ड १०३ रनमा समेटिएपछि भारत ६८ रनले विजयी भएको हो ।अब विश्वकपको उपाधिका लागि भारतले दक्षिण अफ्रिकाको सामना गर्नेछ । यसअघि भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।

प्रकाशित :- २०८१ असार १४, शुक्रबार ०३:१९