काठमाडौँ । सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभु घर भएका ३९ वर्षीय लिलेन्द्र श्रेष्ठ ‘श्याम’ छन् । काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध ११ महिना ५ दिन कैद ठहर गरेको छ । २०६२ भदौमा सो फैसला भएपछि श्रेष्ठ फरार थिए । उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

प्रकाशित :- २०८१ असार १३, बिहीबार ०४:१७