रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार उपलब्ध नगराउन दक्षिण कोरियालाई चेतावनी दिएका छन् । रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार दिने निर्णय गरे दक्षिण कोरियाबाट ठूलो गल्ती हुने पुटिनकाे भनाइ छ । हालै दक्षिण कोरियाले रुस र उत्तर कोरियाबीचको नयाँ सम्झौतालाई ध्यानमा राख्दै युक्रेनलाई हतियार दिनेबारे सोचिरहेको बताएको थियाे । यसबारे प्रतिक्रिया दिँदै पुटिनले दक्षिण कोरियालाई कडा चेतावनी दिएका हुन् ।रुस र उत्तर कोरियाले कसैसँग युद्ध हुँदा एक अर्कालाई सहयोग गर्ने सम्झौता गरेका छन् । याे सम्झाैताकाे दक्षिण कोरियाले विरोध गरेकाे छ । उसले राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै सम्झाैताकाे निन्दा गरेको छ ।राष्ट्रिय सुरक्षा सल्लाहकार चाङ हो-जिनले आफ्नो देशले युक्रेनलाई हतियार उपलब्ध गराउने विषयमा पुनर्विचार गर्ने योजना बनाएको बताएका छन् । यसपछि पुटिनले भियतनाममा पत्रकारहरूसँग चेतावनीकाे शैलीमा भने, ‘दक्षिण काेरियाले युक्रेनलाई हतियार आपूर्ति गर्ने निर्णय गर्छ भने दक्षिण कोरियाको वर्तमान नेतृत्व रुसको निर्णयबाट खुसी हुनेछैन ।’
