काठमाडौं । आम जनता पार्टी ९आजपा०का अध्यक्ष प्रभु साहले कवाड व्यवसायीमाथि लाठी प्रहार भएको भन्दै सरकारको आलोचना गरेका छन् ।शान्तिपूर्ण आन्दोलन गर्न पाउने संवैधानिक नागरिक हक हनन भएको भन्दै उनले कवाड व्यवसायीमाथि लाठी प्रहारबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेका छन् ।बुधबार प्रतिनिधि सभाको बैठकमा आकस्म्कि समय लिएर बोल्दै उनले लाठी चार्जम संलग्न प्रहरीमाथि कारबाही हुनुपर्ने माग गरे। ‘म गृहमन्त्रीको जवाफ चाहन्छु । शान्तिपूण रुपमा जुलुस गर्ने हकको प्रयोग हुन्छ कि हुँदैन रु गृहमन्त्रीले यसमा स्पष्ट जवाफ दिनुपर्छ’ उनले भने ।आफूहरुले निर्वाध व्यावसाय गर्न पाउनुपर्ने माग गर्दै मंगलबार कवाड व्यवसायीहरुले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको र त्यसक्रममा कैयौं घाइते भएको उनले बताए ।प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहले पनि आन्दोलनका क्रममा कवाड व्यवसायीमाथि दमन भएको भन्दै विरोध गरे । उनले पनि आकस्मिक समय लिएर बोल्दै घाइतेहरुको निस्शुल्क उपचारको माग गरे ।
