असार । अछाममा लाइटर पड्किँदा घरमा आगलागी भएको छ ।

ढकारी गाउँपालिका–६ मोयमा आगो बाल्न प्रयोग गर्ने गरिएको लाइटर अत्यधिक गर्मीले तातेर पड्किँदा स्थानीय हरिचन कामीको खरले छाएको घरमा आगलागी भएको हो ।
आगलागीका कारण घरमा रहेको नगदसहित अन्नपात, लत्ताकपडा र अन्य दैनिक प्रयोगका सामग्री जलेर नष्ट भएको छ ।
प्रकाशित :- २०८१ असार ४, मंगलवार ०४:१५