एजेन्सी । शरीरलाई स्वस्थ बनाउनका लागि समयमा भोजन गर्नु जरुरी हुन्छ । तर अहिलेको व्यस्त जीवनशैलीले गर्दा धेरै मानिसहरु समयमा खाना खान पाउँदैनन् । यस्तोमा उनीहरुले आधा रातमा भोजन गर्ने गर्छन् । आज हामी रातको समयमा भोजन गर्नु पर्छ वा पर्दैन यसबारेमा बताउनेछौं ।तपाईं पनि रातमा उठेर भोजन गर्नुहुन्छ वा रातको समयमा नै भोजन गर्ने समय मिल्छ भने यो नराम्रो बानी हो । यसो गर्नाले व्यक्तिलाई शरीरसँग जोडिएका कैयौं समस्या हुन सक्छन् ।आधा रातमा क्यालोरी वा काब्र्स भएका चीजहरु सेवन गर्नाले व्यक्तिलाई छाती पोल्ने समस्या हुन सक्छ । साथमा पेटमा गर्मी पनि हुन सक्छ ।आधा रातमा नसुतेर खाना खाने बानीले मानिसको निद्रा टुक्रिन्छ । जसले गर्दा बिहान उठ्दा पनि तनाव महसुस हुन्छ ।मधुमेहका विरामीहरुले समयमा भोजन गर्नु एकदमै जरुरी हुन्छ । यदी तपाईं आधा रातमा खाना खानुहुन्छ भने यसले रगतमा सुगरको मात्रा बढ्न सक्छ ।आधा रातमा भोजन गर्दा हर्मोनल असन्तुलनको कारण बन्न थाल्छ । जसले गर्दा मेटाबोलिज्म पनि ढिला हुन्छ । यसले मोटोपनको समस्या आउन थाल्छ ।समयमा खाना नखाँदा व्यक्तिलाई ग्यास, एसिडिटी तथा अपच जस्ता समस्याहरु हुन सक्छन् । यस्तोमा समयमा खाना खाएर सुत्नु नै फाइदाजनक सावित हुन्छ ।
