चितवन । चितवन कालिका नपा वडा नं ६ खोलेसिमल बजार स्थित एक सुन चाँदी पसलमा चोरी भएको छ ।शनिबार राती करिब ९ बजेको समयमा स्थानीय व्यवसायी वर्ष ३५ को विनोद सुनारको सुन चाँदी पसल बाट करिब ३५ केजी चाँदी ३ केजी सुन चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले चोरले नगद दुई लाख रुपैयाँ समेत चोरेको बताए । उनीहरुले पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको प्रहरीले जनाएको छ । लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन् ।प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
