मोरङ । मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जहदा गाउँपालिका–१ झैलाचोक बस्ने ४५ वर्षीया रेवती सरबरीयाको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा विद्युत् सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मकालु अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।साथै करेन्ट लागेर घाइते भएकी उनकै बुहारी २५ वर्षीया चन्द्रिका सरबरीयाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

प्रकाशित :- २०८१ जेष्ठ ३२, शुक्रबार ०७:५७