काठमाडौँ । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित तिन नम्बर ढाटबाट प्रहरीले ब्राउन सुगर सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–५ घर भएका २४ वर्षीय विवेक राई छन् ।उनको साथबाट १ ग्राम ३८ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।उनले भारतबाट लागु औषध लिएर नेपालतर्फ आएका हुन् । सोमबार दिउँसो बरामद लागु औषधबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित :- २०८१ जेष्ठ २९, मंगलवार ०६:२३