कञ्चनपुर । कञ्चनपुरमा एक पुरुषको पानीमा डुबेर मृत्यु भएको छ।भीमदत्त नगरपालिका–५ बनखेत स्थित नहरमा डुबेर जाँजरकोटको शिवमितास नगरपालिका–१ सल्ला गाँउ घर भई हाल भीमदत्त नगरपालिका–५ बनखेत बस्ने अन्दाजी ४५ वर्षीय भुवन बुढाथोकीको मृत्यु भएको हो।आइतबार बुढाथोकी नहरको पानीमा डुवेको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिई उनलाई उद्धार गरी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित :- २०८१ जेष्ठ २८, सोमबार ०५:२४