जनकपुरधाम – मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार गरिएको हो। जनमत पार्टीको नेतृत्वमा सरकार गठन भएपछि दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिएको हो।मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डालीले जनमत पार्टीका दुईजना सांसदलाई मन्त्री पदमा नियुक्त गरेकी हुन्।वन तथा वातावरण मन्त्रीमा त्रिभुवन साह र सकिल मियाँलाई विना विभागीय मन्त्रीको रुपमा नियुक्त गरिएको हो। नव नियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको सपथ लिएका हुन्।

साह सिराह निर्वाचन क्षेत्र नं। ४ को (१) बाट निर्वाचित छन् भने मियाँ सप्तरीको १ को (२) बाट निर्वाचित हुन्।
मधेसमा मुख्यमन्त्री कार्यालयसहित १२ वटा मन्त्रालय रहेकोमा आइतबार मन्त्रीमण्डल विस्तार भएसँगै अब एउटा मन्त्रालय टुक्रा गर्नुपर्ने अवस्था आएको हो।प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आइतबार कार्य जिम्मेवारी र कार्य विभाजन सहित मन्त्रीपरिषद्को पुनगर्ठन गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जानकारी दिए।यस्तै, विनाविभागीय राज्यमन्त्रीको रुपमा सपथ लिएकी रन्जु कुमारी मंडल खङ्गलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मा दिइएको हो।आइतबार मन्त्रिपरिषद् विस्तार भएसँगै मधेसमा मुख्यमन्त्री, १२ जना मन्त्री र ३ जना राज्यमन्त्री भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्री सहित प्रदेश सभाका कुल सदस्य संख्याको बीस प्रतिशत भन्दा बढी नहुने गरीे प्रदेश मन्त्रिपरिषद गठन गर्नसक्ने व्यवस्था छ।मधेस प्रदेशसभामा १०७ जना सांसदको व्यस्था भएपनि अहिले एकजना निलम्बनमा परेकाले १०६ जना प्रदेशसभा सदस्य कायम छन्।