काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित राधाकृष्ण मन्दिरमा चोरी भएको छ । काठमाडौँ– ३२ भत्केको पुलस्थित राधाकृष्ण मन्दिरको झ्याल फोडेर काठको दानपेटीका फुटाई आरोपीले ४ हजार नगद, कलश ४ थान र तामाको थाल ४ थान चोरी गरेका हुन् । चोरीमा संलग्न हाल फरार छन् । गएराति मन्दिर चोरी भएको घटनाबारे प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित :- २०८१ जेष्ठ २७, आईतवार ०९:४७