विराटनगर- गृहमन्त्री रवि लामिछानेले सरकारको गतिविधि र सकारात्मक प्रश्नका लागि अपेक्षा गरेका छन्। विराटनगरमा आइतबारदेखि सुरू हुने दुईदिने सुरक्षा बैठकमा सहभागी हुन आएका गृहमन्त्री लामिछाने विमानस्थलमा पत्रकारसँग सुरूमा हसिलो रूपमा प्रस्तुत भएका थिए।तर, पत्रकारले उठाएका सुरुवाती केही प्रश्नसँगै गृहमन्त्री लामिछाने तर्किँदै उम्कन खोजे। सो क्रममा उनले सरकारले गरेका राम्रा कामबारे प्रश्न गरिदिन आग्रह गरे। पत्रकारसँगको कुराकानीमा उनले महिनौदेखि अरुले उठाइदिएका एउटै प्रश्नभन्दा सरकारले विपद् व्यवस्थापनको तयारी तीन महिना के गर्यो? सरकारले के गरिरहेको छ? भन्दै प्रश्न गर्न आग्रह गरेका हुन्।अर्कोतर्फ, सदनको रोष्ट्रमबाट मुलुकको सूचना बेच्ने विषय गृहमन्त्री स्वयंमले उठाएको हुँदा त्यसबारे हालसम्म के कारवाही भयो भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री लामिछानेले भने, ‘अब कारवाही हुनु अनुसन्धानको विषय कहाँ पुग्यो भन्ने कुरा त्यसको प्रक्रिया भन्ने कुरा पनि भएन। तर संसदमा मैले कसैको नाम मलाई थाहा छैन। नाम लिएर सञ्चारमाध्यममा यस्तो पनि आउछन् नि भन्ने कुरा गरेको भा हुनाले पत्रपत्रिका सञ्चारमाध्यममा आएका कुराहरूले गर्दा। अरु प्रश्नहरू पनि होला नि साथीहरू, कि त्यही प्रश्नहरूमा।’गृहमन्त्रीले संसदीय मर्यादाविपरीत सदनमा कुरा राखेकोमा नेपाली कांग्रेसले जवाफ खोजिरहेको र आन्दोलनको चेतावनी दिएकोबारे गृहमन्त्री लामिछानेले भने, ‘जवाफ दिनुपर्ने भए जवाफ दिउँला नि। यसलाई के भन्न सकिएला र भन्नुस त। मैले त्यो थाहा पाएको छैन । प्रतिपक्षले भनेको ठाउँमा जवाफ दिउँला नि?’विमानस्थलमा गृहमन्त्री लामिछानेले ल सोधौन न त के प्रश्न छ भनेर कुरा अघि बढाएका थिए। यसक्रममा पत्रकारहरूले संसारमा उठेका विषय, सहकारी काण्ड र कान्तिपुर मिडिया ग्रुपबारे कुरा राखिरहँदा उनी सबै प्रश्नबाट ‘इस्किप’ हुने क्रममा रहेका थिए। उनले भने, ‘ज-जसले जे जे भन्छ त्यसको जवाफ दिँदै हिड्ने हो भने त, मेरो त अरू कुनै काम नै भएन नि!’केही समयअघि गृहमन्त्री लामिछानेले संसनमा राजनीतिक दलका नेताहरूलाई मुलुकको सूचना बेच्ने गम्भीर आरोप लगाएका थिए। त्यसैगरी, गृहमन्त्री लामिछानेले पत्रकारबाट सोधिएका प्रश्नबारे प्रस्ट जोगिँदै भने, ‘अनुसन्धानका विषयहरू यसरी पत्रकार सम्मेलन गर्दै अगाडि भन्दै गइन्छ र? जे-जे विषयहरू आएका छन्। तपाईँहरूले हेर्दै आउनु भएको छ। हस धन्यवाद।’गृहमन्त्री लामिछाने दुई दिने राष्ट्रिय सुरक्षा बैठकमा सहभागी हुन विराटनगर आएका हुन्। त्यसअघि उनी राजश्व परामर्श समितिको बैठकमा सहभागी हुनेछन्।
