एजेन्सी । हिमालयन साल्टमा पोटाशियमदेखि लिएर म्याग्नेशियम जस्ता खनिजहरुको भण्डार हुन्छ । यदी तपाईं दैनिक रुपमा नुन पानीले खुट्टा धुनुभयो भने तपाईंले धेरै प्रकारका लाभहरु पाउन सक्नुहुन्छ । नुनपानीले खुट्टा धुँदा हुने फाइदाका बारेमा जानौं ।हिमालयन साल्टमा पाइने मिनरल्सहरुले मांसपेशीहरुमा हुने दुःखाई कम गर्छ र रक्तसञ्चार राम्रो बनाउँछ । नुनपानीमा खुट्टा डुबाएर केहीबेर बस्दा रक्तचाप सही हुन्छ ।यसमा हुने मेलाटोनिन र सेरोटोनिनले हर्मोनहरुलाई नियन्त्रण गर्छ र मस्तिष्कमा हुने उथलपुथललाई नियन्त्रण गर्छ । जसले तनावको समस्याबाट राहत पाउन सकिन्छ ।खुट्टाको छालाको सुन्दारता बढाउन चाहनुहुन्छ भने पनि तपाईं दैनिक रुपमा १५ देखि २० मिनेट मनतातो पानीमा नुन राखेर भिजाउनुहोस् । यसले छालालाई पनि विभिन्न लाभहरु हुन्छ ।यदी तपाईंको खुट्टा दुख्ने, पैतलामा दुखाईको समस्या छ भने पनि तपाईं नुनपानीमा केहीबेर खुट्टा डुबाउन सक्नुहुन्छ । यसले दुखाई कम गर्छ ।यदी तपाईंको खुट्टा सुन्निएको छ भने पनि तपाईं नुनपानीमा खुट्टा डुबाउन सक्नुहुन्छ । यसले सुन्निएको कम हुन्छ र खुट्टामा आराम हुन्छ ।विशेषगरी साँझको समयमा नुनपानीमा खुट्टा डुबाउँदा खुट्टाको तनाव तथा थकान कम हुन्छ । जसले गर्दा राम्रो निद्रा लाग्छ । खुट्टाको हड्डी दुख्ने समस्या पनि कम हुन्छ ।
