काठमाडौँ; सामाजि अभियान्ता दर्गा प्रसाईले बर्तमान सरकारका अर्थमन्त्री बर्षमान पुनलाई फन्टुस बन्दुके अर्थमन्त्री रहेको आरोप लगाएका छन् । आफुलाई मेडिकल व्यावसायि बताउने दुर्गा प्रसाईले अर्थमन्त्री बर्षमान पुुन प्रति लक्षित एउटा स्टार्टस लेख्दै यस्तो बताएका हुन । जनयुद्ध प्रति व्यन्गे गर्दै प्रसाइले उनलाई बन्दुके अर्थमनत्री भनेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।फन्टुस बन्दुके अर्थमन्त्र एउटै ब्यक्तिले बैंक चलाउने बैंकरको रुपमा अनि अन्य ब्यबसाय गर्न नपाउने विधेयकमा संसदमा छलफल चल्दै छ ।

यो यति फन्टुस र अव्यबहारिक कुरामा यिनिहरु बहस गर्दै छन् कि,यति अज्ञानी र मूर्ख अर्थमन्त्री कसरी हुनसक्छ ? अर्थमन्त्रीले यो बुझिरहेका छैनन् या बुझेर पनि नबुझे जस्तो गरिरहेका छन् कि दुनियाँ ग्लोबल छ । नेपालमा लगानी गर्न नपाए बैंकरले हुण्डी मार्फत भएको पैसा बिदेशमा लगानी गर्छन् । आज सहकारीमा जुन समस्या छ पैसा खाएर भाग्ने,त्यो समस्या बैंकमा सुरु हुन्छ ।विधेयक त त्यो सवालमा हुनुपर्छ जुन सवाल ब्यबहारिक छ,विश्वब्यापी छ र दुरगामी छ । बैंकरले मन्त्री,प्रधानमन्त्री र गभर्नरलाई प्रलोभनमा पारेर आर्थिक मन्दीको समयमा चर्को ब्याजले आकाश छुवाएर आम जनतालाई मर्न बाध्य बनायो । त्यो रोक्ने खालको बाध्यकारी नियम र कानुन बनाऔं । बैंकरको बित्तीय दादागिरी अन्त्य गरौं ।
कुरा निक्षेपको ब्याजदर र ऋणको ब्याजदरको हो । यो असन्तुतिल बित्तीय ब्याजदरलाई कानुन बनाएर तह लगाउ । छ प्रतिशत भन्दा अधिक ऋणको ब्याज लिन नपाउने, प्रतिशत भन्दा तल र अधिक बचतको ब्याज दिन नपाउने यति नियमले यी सबै साइजमा आउछन् ।समस्या छ आग्रामा,यो बन्दुके अर्थमन्त्रीले कुरा गर्छ गाग्राको तैट ।