नयाँ दिल्ली । भारतमा लोकसभा चुनाव २०२४ को नतिजा आइसकेको छ । २४० सिट ल्याएर भाजपा सबैभन्दा ठुलो पार्टी बनेको छ । बहुमत ल्याएपछि भाजपा नेतृत्वको एनडीएले सरकार गठनको प्रक्रिया सुरु गरेको छ । नरेन्द्र मोदीले फेरि एक पटक देशको प्रधानमन्त्रीको शपथ लिने भएका छन् । जुन ९ मा शपथ ग्रहण समारोह हुनसक्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा विश्वभरका नेताहरूले मोदीलाई बधाई दिइरहेका छन् । पछिल्लो समय भारत र क्यानडाबिचको सम्बन्धमा तनाव बढ्दै गइरहेको स्थितिमा त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि नरेन्द्र मोदीलाई जीतको शुभकामना दिएका छन् ।
