काठमाडौँ – भारतीय लोकसभा चुनावमा यसअघि गरिएको सबै एक्जिट पोल फेल भएका छन्।भारतीय जनता पार्टी (भाजपा) नेतृत्को एनडिए गठबन्धनले अत्याधिक धेरै सिटमा जित्ने आँकलन गरिए पनि मत परिणाम सार्वजनिक हुँदै गर्दा सामान्य बहुमतमा मात्रै अग्रता लिइरहेको छ। यो गठबन्धनको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरिरहेका छन्।विपक्षी कंग्रेस नेतृत्वको इण्डिया गठबन्धनले पूर्वअनुमानलाई फेल गराउँदै २२७ सिटमा अग्रता लिइरहेको छ। भारतीय सञ्चार माध्यम इण्डियन एक्सप्रेसका अनुसार लोकसभाको ५४३ सिटमध्ये भाजपा नेतृत्को एनडिए गठबन्धनले २९३ सिटमा अग्रता लिइरहेको छ।सरकार बनाउनका लागि २३१ सिट आवश्यक पर्छ। अन्यले १९ सिटमा अग्रता कायम गरेका छन्।एनडिए गठबन्धनले अग्रता लिने अपेक्षा गरिएका प्रान्तमा पछाडि देखिएको छ। उत्तर प्रदेश, पश्चिम बंगाल, महाराष्ट्र जस्ता प्रान्तमा एनडिएले राम्रो जनमत पाउने पूर्वअनुमान गरिए पनि मतगणनाले त्यसलाई अस्वीकार गरेको छ।उत्तर प्रदेशमा अखिलेश यादवको सपाको नेतृत्वमा रहेको भारतीय समूह ४३ सिटमा अगाडि छ पश्चिम बंगालमा टीएमसीले कम्तिमा ३२ सिटमा अग्रता लिएको छ।महाराष्ट्रमा विपक्षी गडबन्धनल ३० सिट अग्रता कायम गर्दा एनडिए १७ सिटमा अघि छ।
