कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा भएको एमाले पालिका अधिवेशन मार्फत महिला नेतृत्व निर्वाचित भएको छ धनगढी उपमहानगरपालिकामा भएको निर्वाचनमा अन्य दुई उम्मेदवारलाई पछि पार्दै अम्बिका विष्ट निर्वाचित भएकी हुन् । उनले १२८ मत पाउँदा अर्का उम्मेदवार कमल सिंह रानाले ६९ मत र मदन रेग्मीले ४७ मत पाएका थिए ।त्यस्तै उपाध्यक्षमा पर्वत चौधरी निर्वाचित भएका छन् भने सचिवमा चन्द्र प्रकाश जोशी, उपसचिवमा सरस्वती चन्द र जनक ढकाल निर्वाचित भएका हुन् ।कैलालीका १३ स्थानीय तह रहेका छन् ती मध्ये अधिकांश स्थानीय तहमा अधिवेशन भइसकेको छ । ती मध्ये एक मात्र महिला अध्यक्ष विष्ट हुन् ।एमालेमा चुनाव लडेरै महिला नेतृत्व स्थापित हुने विषयले नयाँ सन्देश दिएको एमाले कैलाली जिल्ला अध्यक्ष यज्ञ ढुङ्गानाले जानकारी दिए ।उनले कैलालीमा सबै लिङ्ग, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरि नेतृत्व चयन भइरहेको जानकारी दिए ।एमाले कैलाली उपसचिव चूडामणि भट्टले सबै स्थानीय तहका सहमति र निर्वाचित दुबै प्रक्रियाबाट नेतृत्व चयन भइरहेको जानकारी दिए ।
कहाँ को भए अध्यक्ष ?
१.धनगढी–अम्बिका विष्ट मल्ल
२.गोदावरी–सन्तोष सिंह
३.चुरे– दान बहादुर महरा
४.गौरीगङ्गा –पदम बहादुर ऐर
५.घोडाघोडी–हेम राज सापकोटा
६.बर्दगोरिया– मधुकर सिजापति मगर
७.भजनी – प्रक्रिया जारी आज मतदान हुने
८.कैलारी– बाकी
९.लम्की–प्रक्रिया जारी उद्घाटन सत्र सम्पन्न
१०.मोहन्याल– बम बहादुर रावल
११.जानकी–प्रक्रिया जारी उद्घाटन सत्र सम्पन्न
१२.टिकापुर – लक्ष्मण थापा
१३.जोशीपुर– केशर बहादुर चौधरी
१४.मजदुर विशेष इलाका– ललित चन्द
१५.बुद्धिजीवी विशेष इलाका – बाँकी
