एजेन्सी । गर्मी समयमा चामल अर्थात भात र दहीलाई साथमा खानु एकदमै धेरै फाइदाजनक हुन्छ । यसमा पाइने पोषक तत्वहरुले शरीरका कैयौं रोगहरुलाई भगाउँछन् । यसबाट पाइने फाइदाका बारेमा विस्तारमा यो लेखमा जानौं ।दही र चामलमा क्यालोरी, क्याल्सियम, प्रोटिन, पोटाशियम र आइरन जस्ता पोषक तत्वहरु हुन्छन् जसले तनाव कम गर्छ । साथमा यसलाई खाँदा गर्मीमा हुने पेट सम्बन्धी समस्याहरुबाट पनि बच्न सकिन्छ ।चामल र दही पेटका लागि एकदमै धेरै फाइदाजनक हुन्छन् । यसले पाचन प्रणालीलाई राम्रो बनाउनुका साथै कब्जियत, अपच र ग्यासको समस्या पनि कम गर्छ ।चामल र दहीले इम्यूनिटीलाई पनि बलियो बनाउँछ । यसलाई खाँदा तपाईं लामो समयसम्म विमारीबाट टाढा रहनुहुनेछ ।अत्यधिक तनावले गर्दा अनिद्राको समस्या हुन्छ । यस्तोमा तपाईं दिनभरको थकानपछि साँझको खानामा पनि दही चामल खान सक्नुहुन्छ । यसलाई पचाउन सजिलो हुनुका साथै मुड पनि फ्रेस बनाउँछ ।
