बैतडी । बैतडीमा हावाहुरीले एक सहकारी भवनको छानो उडाएको छ । पाटन नगरपालिका ८ स्थित भगवती कृषि महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको दुईकोठे भवनको छानो उडाएको हो । आइतबार (हिजो)राति लगभग आठ बजेतिर आएको हावाहुरीले जस्तापाताले छाएको छानो उडाएको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए । बिष्टका अनुुसार भवनको छानो पूर्ण रुपमा नष्ट गरेको छ । भवनभित्र रहेका कागजपत्र र कुर्सी टेबलहरुमा समेत क्षति पुगेको छ । क्षतिको यकिन विवरण आउन बाकी रहेको छ ।

प्रकाशित :- २०८१ जेष्ठ २१, सोमबार ०५:२०