धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला रानाले बाल विवाह अन्त्यका लागि सबैले आ आफ्नो तर्फबाट काम गरिरहेको बताएकी छन् । उनले कार्यक्रम धेरै भए पनि तर, जति सफलता मिल्नुपर्ने हो त्यो नभएको बताएकी छन् । धनगढी उपमहानगरपालिकाले बाल विवाह अन्त्यका लागि काम गरिरहेको बताइन् । यस विषयमा सबैले आ आफ्नो तह र तप्काबाट काम गर्न सक्यौ भने यसलाई कम गर्न सकिने उनको सुझाव छ । ‘अन्त्यका लागि कार्यक्रम गरेर मात्रै हुँदैन उनले भनिन्,’अव वडाबाट विवाह दर्ता, गराउने वडाबाट सिफारिस लिएर मात्रै विवाह गर्न मिल्ने व्यवस्था गर्न सक्यौ भने केही हुन्छ । उमेर पुगे नपुगेको विषयमा वडामा जानकारी गराइयौ भने यसका अन्त्य गर्न सकिने उनको भनाई छ । जिल्ला समन्वय समिति कैलालीका प्रमुख खगराज भूूषालले बालविवाह अन्त्यका विभिन्न कार्यक्रम गरिरहेको बताए ।उनले सबैले आफ्नो तर्फबाट काम गरिरहेको भए पनि नतिजा आउने गरी काम हुन नसकेको बताइन् । जिल्ला समन्वय समिति कैलालीले यसको अन्त्यका लागि स्थानीय तहसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जाहेर गरे । राष्ट्रिय जनगणना २०७८ अनुसार अझै पनि समाज २० वर्षमुनि विवाह गर्नेको सङ्ख्यामा कमी छैन ।

यदि कसैले पनि २० वर्षभन्दा मुनी विवाह गरेमा तीन वर्ष सम्म कैद र ७५ हजार सम्म जरिवानाको व्यवस्था गरिएको छ । मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार बाल विवाह गर्दा २० वर्ष उमेर नपुगी कसैले विवाह गरे वा गराएमा विवाह स्वतः बदर हुन्छ । तर, पनि समाजमा बालविवाह न्यूनीकरण हुन नसकेको सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत जयन्ती गिरीले बताइन् ।बाल विवाह समाजबाट नघटेको भए पनि यस्ता घट्ना समाजमै मिलाइने उनले बताइन् ।गत वर्ष सुदूरपश्चिम भरीबाट जम्मा ४ वटा मात्रै बालविवाहको उजुरी आएको बताइन् । तीन तहका सरकारले मिलेर बालविवाह अन्त्यका लागि कानुन बनाउने र बनेका कानुनलाई कार्यान्वयन गर्नुपर्ने उनले बताइन । बालविवाह अन्त्यका लागि वडा र स्थानीय तहले विशेष ध्यान दिनुपर्ने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उप सचिव दीपक ढकालले बताए । बालविवाह अशिक्षा, गरिबी, लैगिक विभेद, देखासिकी, कुरीति र सामाजिक सञ्जालको बढ्दो गलत प्रभावले गर्दा बढिरहेका उनले बताए ।राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा बालविवाह गर्ने उमेर समूह १० वर्षदेखि भएको पाइएको छ । १० वर्षका बालबालिका ०.३ प्रतिशत, १० देखि १४ को ७.० प्रतिशत रहेको छ । १५ देखि १७ वर्षका बालबालिका २२.३ प्रतिशत रहेका छन् भने १८ देखि २० वर्षका ३४.४ प्रतिशत रहेको छ । यो तथ्याङक अनुसार नेपालमा अझै ६४ प्रतिशत बाल विवाह हुने गरेको छ ।नेपाल स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेक्षण २०२२ अनुसार १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरुले उमेर नपुगी गर्भधारण गरेका छन् । सुदूरपश्चिम प्रदेशमा १५ देखि १९ वर्ष उमेर समूहका १३ प्रतिशतले गर्भधारण गरेका छन् । यस्तै कर्णाली २१ र मधेस २०, गण्डकी १३, लुम्बिनी १० र कोसी १३ र सबै भन्दा कम बागमतीमा ८ प्रतिशत प्रदेशमा प्रतिशत रहेको छ । बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिको मस्यौदा माथि छलफल तथा पृष्ठपोषण कार्यक्रम सुदूरपश्चिम प्रदेशमा हुनुअघि कर्णाली र मधेस प्रदेशमा भइसकेको छ । अव गण्डकी, लुम्बिनी र कोसी प्रदेशमा हुने भएको छ ।