कैलाली । कैलालीमा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका – ४ बागमारामा १४ वर्षीय प्रान्जोल कार्कीको मृत्यु भएको हो ।शनिबार साँझ खेतमा जेसिबीले खनी माटो, ग्रावेल निकाली पानीको पोखरी भएको ठाउमा नुहाउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

प्रकाशित :- २०८१ जेष्ठ २०, आईतवार ०५:४२