युरोपियन च्याम्पियन्स लिगको फाइनलमा आज मध्यरातमा सर्वाधिक सफल रियल म्याड्रिड र जर्मन जायन्ट बौउरुसिया डर्टमुन्ड प्रतिस्पर्धा गर्दै छन्। सर्वाधिक सफल रियल च्याम्पियन्स लिगमा जित भाग्यमानी र प्रभावशाली छ। डर्टमुन्डको कथा भने फरक छ।डर्टमुन्ड च्याम्पियन्स लिग फाइनलमा अनेपेक्षित रुपमा स्थान बनाउन सफल भएको टोली हो। तर, डर्टमुन्डले ‘अन्डर डग’ छविलाई फाइनल जितेर अर्को सरप्राइज दिने आँकलन उसका समर्थकको छ।डर्टमन्डले ११ वर्षअघि पनि यस्तै विरताको कथा लेखाउँदै फाइनल पुगेको थियो। तर फाइनलमा वार्यनसँग पराजित भएर पहिलो पटक च्याम्पियन्स लिग जित्ने सपना पूरा गर्न पाएन।तर, आज वेम्बली मैदानमा डर्टमुन्ड आफ्नो यात्रालाई एउटा निर्णायक विन्दुमा पुगेर टुंग्याउने अभियानमा छ। प्रतिस्पर्धापूर्ण अभियानलाई जसरी फाइनलसम्म पुर्याएको छ। उसको घरेलु लिगको कथा भने निकै फरक रह्यो।अर्थात, घरेलु लिगमा शीर्ष स्थानको वार्यन लेभरकुसेनभन्दा २७ अङ्कले पछि रह्यो। तर, च्याम्पियन्स लिगमा भने समूह चरणबाटै बाहिरिने आँकलन मानिएको समूहमा समूह विजेता बन्दै अघि बढेको उसले पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको फ्रेन्च जायन्ट पिएसजीलाई निरास बनायो।एडिन तेर्जिकको टोलीले क्लबको तेस्रो पटक फाइनललाई अविष्मरणीय बनाउने हरेक प्रयास गर्नेछन्। यो पटक डर्टमण्ड पेरिस सेन्ट जर्मन, एसी मिलान र न्युक्यासल रहेको ग्रुप अफ डेथमा शीर्ष स्थानमा रहेर जसरी सबै अनुमानलाई फेल पारेको थियो, त्यसरी नै रियलको १५ औँ पटक च्याम्पियन्स लिग जित्ने ठूला अनुमानहरुलाई निस्तेज पार्दै च्याम्पियन बन्दा अनौठो भने हुने छैन।रियलका प्रशिक्षका कार्लोस एन्सेलोटी आफ्नो टिम च्याम्पियन्स लिगको सर्वाधिक सफल टोली भए पनि फाइन ‘डर’ भने आफूहरुलाई रहेको बताउँछन्। उनी भन्छन्,’च्याम्पियन्स लिगको फाइनल सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा खतरनाक खेल हो।’उनी थप्छन्,’तपाईले राम्रो त खेल्नु पर्छ नै साथमा भाग्यमानी पनि हुनुपर्छ।’ उनले जतिसुकै मिहिनेत र लगनशील भए पनि फाइनलको डरले भने अन्तिम मिनेटसम्म सताउने र त्यो चिन्ता हटाउन निकै मुस्किल हुनेछ।
