नयाँ दिल्ली । कमेडी किङ भनेर चिनिने कपिल शर्माको ‘द ग्रेट इन्डियन कपिल शो’ लाई दर्शकहरूले निकै मन पराइरहेका छन् । शोमा कयौँ सेलिब्रेटी आइरहेका छन् ।यस्ता कार्यक्रममा कहिल्यै नदेखिने अभिनेता आमिर खान पनि पहिलोपटक कपिलको शोमा आएका थिए । ६ वर्षदेखिको कपिलसँगको तिक्तता मेटाउँदै सुनिल ग्रोबर उक्त शोमा फर्किएका थिए । यस्तोमा कपिलको अघिल्ला शोका चर्चित कमेडियन अली असगर पनि छिट्टै कपिलको शो को हिस्सा बन्न लागेको खबरहरू आइरहेका छन् ।आफू घुमफिरमा व्यस्त भएको र केही फिल्ममा काम गरिरहेकोले कपिलको नयाँ शो हेर्न नभ्याएको उनले बताएका थिए । टिम राम्रो भएकोले शो राम्रो होला भन्ने जवाफ उनले दिएका थिए । कपिलसँग दोहोर्याएर काम गर्नेबारे सोधिएको प्रश्नमा उनले भनेका थिए, ‘यो त दर्शकहरूको माया हो । उनीहरू सधैँ मलाई शो मा फेरि हेर्न पाएपनि हुने भनिरहन्छन् ।’ आफ्नो काम मन पराएकोमा उनले दर्शकहरूलाई धन्यवाद भनेका छन् ।‘भविष्यको त मलाई थाहा छैन । तर अहिले म आफ्नै च्याट शो चड्डीबड्डीमा व्यस्त छु’ उनको जवाफ थियो । आफ्नो शोमा कपिल शर्मा शोका साथीहरूलाई बोलाउनुहुन्छ त भनेर सोधिएको प्रश्नमा उनले ‘किन नबोलाउनु, बोलाइहाल्छु नि’ भनेका थिए । लामो समयसम्म कपिलको शो मा काम गरेपछि अलीले सन् २०१७ मा कपिल शर्मा शो छाडेका थिए । उनले क्रियटिभ मतभेदका कारण शो छोडेको बताइएको थियो । कपिल र सुनिलको झगडा लगत्तै अलीले शो छाडेका थिए ।
