नेकपा एमाले कैलालीको गोदावरी नगर कमिटिकोे अध्यक्षमा सन्तोष सिंह विजयी भएका छन् । पार्टी कार्यालय वनखेतमा हिजो अबेर राती भएको निर्वाचनबाट वर्तमान कार्यबाहक अध्यक्ष समेत रहेका सिंह १६२ मत सहित विजयी भएका हुन् ।सिंहका प्रतिद्धन्दी हरि प्रसाद फुलाराले १४० मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा १४९ सिंह प्यानलकै मत सहित कृत बहादुर चन्द विजयी भएका छन् । उनका प्रतिद्धन्दी अमरराज पाठकले १३४ मत पाएका छन् ।त्यस्तै सचिवमा फुलारा प्यानलका १५५ मत सहित विक्रम विष्ट विजयी भएका छन् । उनका प्रतिद्धन्दी भिम बहादुर साउँदले १३५ मत पाएका छन् । उप सचिव महिलामा १५४ मत सहित कृष्णा चौधरी विजयी भएकी छन् ।उनकी प्रतिद्धन्दी इन्द्रा कुँवरले १३५ मत पाएकी छिन् । त्यसैगरी उप सचिव खुलाबाट जय बहादुर विक १४६ मतसहित निर्वाचित हुँदा प्रतिद्धन्दी भिम बहादुर विकले १३६ मत पाएका छन् । निर्वाचनमा जम्मा ३०५ मत खसेको थियो ।
