धनगढी । सुदूरपश्चिमकाे अस्थायी राजधानी धनगढीकाे तापक्रम ४४ डिग्री सेल्सियस नाघेकाे छ । माैसम तथा विज्ञान विभाग अन्तरगतकाे महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाकाअनुसार बुधबार मापन गरिएकाे रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१ डिग्री सेल्सियस मापन गरिएको छ । कार्यालयका माैसम विज्ञान सहायक सिंगल चाैधरीले दिउँसो मापन गरिएकाे रेकर्डअनुसार बुधबार ४३.३६ डिग्री सेल्सियसकाे रेकर्ड ब्रेक भएकाे छ । याे रेकर्ड वर्षकै सर्वाधिक भएको माैम तथा विज्ञान विभागले जनाएकाे छ ।

प्रकाशित :- २०८१ जेष्ठ १७, बिहीबार ०९:४१