वासिङ्टन । हालै इजरायलले गाजाको राफाह शहरमा गरेको हवाई आक्रमण र मृत्युका घटनाहरूको विश्वभर भत्र्सना भइरहेको छ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले पनि यसलाई दुःखद घटना बताएका थिए । तर यति हुँदा पनि अमेरिकाले इजरायलको साथ नछाड्ने भएको छ ।शरणार्थी शिविरलाई निशाना बनाएर भएको हवाई हमलामा रफाहमा ४५ जनाको ज्यान गएको घटनामाथि भइरहेको छानबिन नजिकबाट नियालिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले बताएको छ । तर राफाहमा हालै भएका मृत्युका घटनाहरूले आफ्नो इजरायल नीति नफेरिने बताएको छ । सो घटनालाई इजरायलले पनि दुःखद घटना बताएको अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले ह्वाइट हाउसमा पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।सो घटनाले इजरायललाई दिँदै आएको सैन्य सहायता थप घटाउन अमेरिकालाई प्रेरित नगर्ने बताइएको छ । बाइडेनले केही अघि इजरायलको आक्रमणका कारण राफाहमा थप मानवीय क्षति वा मानवीय खतरा उत्पन्न भयो भने इजरायलले हतियार सहयता फिर्ता ल्याउने बताएका थिए ।
