काठमाडौँ । अभिनेता राजेश हमाल बेलायत जाने भएका छन् । बेलायतामा आयोजना हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा उनले पनि सहभागिता जनाउने भएका हुन् । २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा आयोजना गर्ने कार्यक्रममा हमालले मनोरञ्जनात्मक प्रस्तुति पनि दिनेछन् ।

यसअघि केही संवाद र नृत्य गर्दै आएका हमालले यो पटक लन्डनमा स्ट्यान्ड अप कमेडी गर्ने बताइन्छ । कार्यक्रममा हमालको अलवा कमेडियन सन्दीप क्षेत्री र अतृप्त ब्यान्डका साथमा गायक नवीन के. भट्टराई पनि सहभागी हुँदैछन् ।
कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको र माया इभेन्टका निर्देशक राज पाण्डेले जानकारी दिए । १२ सय दर्शक क्षमता भएको उक्त हलमा दर्शक भरिभराउ हुने आयोजकको अपेक्षा छ ।