काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी विश्वराज अधिकारी अब केहीबेरमा स्थिति नियन्त्रणमा आउने बताएका छन् । ठूलो संख्यामा प्रहरी थप पठाइएको र अन्य युनिटबाट समेत थप टोली आएकाले अब स्थिति नियन्त्रणामा आउने बताए ।राजावादीहरूले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा तनाव भएपछि उनी आफैं पनि खटिएका थिए । त्यसैगरी प्रशासनले कर्फ्यु लगाएको छ ।राजावादी समूहले व्यक्तिको घरमा आगजनी र तोडफोड समेत गरेका छन् ।

प्रकाशित :- २०८१ चैत्र १५, शुक्रबार ११:२९