काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. अर्जुननरसिंह केसीले अहिलेको सरकारले ७ बुँदे सहमतिअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । आज प्रेस युनियनले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले सरकारमा कांग्रेसको अनुहार कमजोर देखिएको र सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।

उनले दुई दलबीच संविधान संशोधन गर्ने भनेर सहमति गरिएको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको लागि नयाँ तिथि तोकिदिएकोमा पनि असन्तुष्टि पोखे । उनले २०८७ मा संविधान संशोधन गर्छौ भन्नु सोझै जनता झुक्याउने विषय भएको टिप्पणी गरे । उनले संविधान संशोधन गर्ने विषय जटिल भएकोले सबै दलसँग सहमति लिनुपर्ने आवश्यकत्ता औंल्याए ।