काठमाडौ,११ चैत । काठमाडौं मेडिकल कलेज सिनामंगलले एक दिनको लागि विपन्नताका कारण उपचार गराउन नसकेका स्याङ्जावासीहरुलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने भएको छ । आगामी चैत ४ गते स्याङ्जावासीलाई अस्पतालमा उपचार निःशुल्क गर्ने गरि स्याङ्जा क्षेत्र २ का सांसद नेपाली काङ्ग्रेस उपसभापति धनराज गुरुङ र केएमसीका सञ्चालक तथा प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माबीच सहमति भएको हो ।

सम्झौताअनुसार औषधि, औषधिजन्य सामान र खानाबाहेक अप्रेसन चार्ज, बेड चार्ज, रगत जाँच, सिटिस्क्यान, एमआरआईलगायत सबै प्रकारका सेवा निः शुल्क प्रदान गरिने छ । तर, बिरामीले उपचार गराउन आउँदा बिमा गराएको भए बिमा कार्ड अथवा विपन्नताको सिफारिस लिएर आउनुपर्ने छ ।