काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी प्रदेशले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण थालिएको केबलकारको कारण त्यहाको जनजीवनमा परेको प्रभावबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार प्रदेश समितिका अध्यक्ष हर्क नेम्वाङले एक विज्ञप्ति जारी गर्दै आन्दोलन र प्रदर्शन चर्किरहेको बेला सरकारले वार्ता र संवादबाट राजीनितक रुपमा त्यसको समाधान खोज्नुपर्नेमा बल प्रयोगबाट आन्दोलनकारीलाई लपेट्ने प्रयास निन्दनीय र आपत्तीजनक भएको जनाएका छन् ।
‘आन्दोलनकारी पक्षले राजनीतिक नेतृत्वसाग वार्ता गर्ने प्रस्ताव राखेकोमा सरकारले अहिलेसम्म त्यसतर्फ चासो दिएको छैन । बरु प्रशासनिक दमन चलाउने, सकारकै संरक्षणमा आन्दोलनविरुद्ध प्रतिकार आन्दोलन थाल्नु, आन्दोलनकारीलाई उत्तेजित बनाउने काम प्रहरी प्रशासनबाटै हुनु र आन्दोलनकारीमाथि चरम दमन गर्ने काम गरिरहेको छ । हाम्रो पार्टी त्यस कार्यको घोर निन्दा र भत्सर्ना गर्दै वार्ताबाटै समस्याको समाधान खोज्न सरकार र आन्दोलनकारी दुबै पक्षलाई संयमताको साथ अगाडि बढ्न अपिल गर्दछ’ उनले भनेका छन् ।
माओवादीले आन्दोलनको क्रममा उत्पन्न हुने तनाबलाई कम गर्न सहजिकरण र समन्वयको भूमिका खेल्नुपर्ने जिम्मेवारी त्यहाँको प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुको भएको तर, उक्त जिम्मेवारी पुरा नगरेर बरु उत्तेजना बढाउने काम गरिरहेको आरोप लगाएको छ ।
‘त्यसलाई रोकेर आन्दोलनरत पक्षलाई सम्बोधन गर्दै सरकारले तत्काल मन्त्रीस्तरीय वार्ता समिति गठन गर्नुपर्छ । सरकारले केबलकार निर्माणको कामलाई स्थगन गरेर संवाद थाल्ने र आन्दोलनरत पक्षले आन्दोलननका कार्य