काठमाडौं, ११ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको निम्तोको पखाईमा रहेको खुलासा गरेकी छिन् । मन्त्री राणाले भारतीय पत्रिका द हिन्दूको लागि पत्रकार सुहासिनी हैदरसँगको कुराकानीमा यस्तो बताएकी हुन् ।

यद्धपी मन्त्री राणाले नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आगामी अप्रिलमा हुने विमस्टेक सम्मेलनको क्रममा साईडलाइन भेटवार्ता हुने आशा व्यक्त गरेकी छिन् । उनले यो वर्षको बीचमा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आउनसक्ने सम्भावनापनि सुनाएकी छिन् ।