काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद प्रभु साहको प्रश्नको जवाफ नै दिएका छैनन् । ओली र शाहबीच प्रतिनिधि सभामै नोकझोक परेको छ ।

प्रभुले भारतले निम्तो नदिई कुन मुखले भारत जान्छु भन्नुभयो ? भन्ने प्रश्न गरेका थिए । यस्तै प्रधानमन्त्रीलाई साहले जनताहरू दिनहुँ विदेश जाँदा यहाँलाई रमाइलो लागेको छ भनेर प्रश्न गरेका थिए । यसको जवाफमा ओलीले आफू म्यानपावरको मान्छे नभएको बताए ।
ओलीले भने, ‘मान्यज्यूको भनाइ आपत्तिजनक छ । म म्यानपावरको मान्छे हो ? र यस्तो कुरा गर्नुभएको ?’
प्रकाशित :- २०८१ फाल्गुन ४, आईतवार १०:०७