काठमाडौं, २५ माघ । दलित अभियन्ताहरुले गृहमन्त्री रमेश लेखकमाथि छानविन गरी कारबाहीको माग गरेका छन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुगेको टोलीले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्र राम र नेहा रौनियारमाथि गृहमन्त्रीकै निर्देशनमा अत्याचार भएको भन्दै कारबाहीको माग गरेका हुन् ।

गृहमन्त्री लेखकले ६० लाख दलितमाथि अत्याचार गरेको, सामाजिक सद्भाव भड्काएको र समाजमा घृणा फैलाएको अभियन्ता सुनारको दाबी छ । उनले गहृमन्त्री लेखक अपराधमा संलग्न भएको दाबी गर्दै कारबाही गर्ने कि पदमा राखिराख्ने ? भनी कांग्रेसलाई प्रश्न गरे ।
‘गृहमन्त्रीले अपराध स्वीकार गरिसकेका छन्, प्रहरीले हो भनिसकेको छ । गृहमन्त्रीको पदमा बसेका रमेश लेखकले ६० लाख दलितमाथि जुन अपराध गरेका छन्, अत्याचार गरेका छन्, अपमान गरेका छन्, सामाजिक सद्भाव भड्काउने काम गरेका छन् । घृष्णा फैलाउने काम गरेका छन् । मिलेर बसेको समाजलाई गृहमन्त्रीको जिम्मेवारीमा बसेका, जनताको जिउधनको रक्षा गर्ने जिम्मा लिएर बसेका नेपाली कांग्रेसका नेता र अहिलेका गृहमन्त्रीले गरेको अपराधमा हामी नेपाली कांग्रेसलाई आज हामी सोध्न आएका छौं । अपराधमा संलग्न भएका गृहमन्त्रीलाई पदमा राख्नेकी उनले गरेको दुष्कर्मको आधारमा उनलाई पार्टीले गर्नुपर्ने कारबाही गरेर दलितमाथि गरेको अपराधको विरुद्धमा कांग्रेसले पहल गर्ने भन्नका लागि हामीले ध्यानाकार्षण गराउन आएका छौं,’– उनले भने