नयाँ दिल्ली । कोलकाताको आरजी कर अस्पतालमा एक प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार र हत्याको मुद्दामा तल्लो अदालतको फैसलालाई चुनौती दिन पश्चिम बंगाल सरकारले उच्च अदालतमा याचिका दायर गरेको छ ।

माइक्रो ब्लगिङ्ग वेबसाइट एक्समा एउटा पोस्टमा अदालतको निर्णय देखेर आफू साँच्चै छक्क परेको उनले बताएकी थिइन् । यस मामिलामा दोषीलाई फाँसीको सजाय हुनु पर्ने उनको भनाइ थियो । यस घटनामा मृत्युदण्ड हुनुपर्ने अनि तल्लो अदालतको निर्णयलाई उच्च अदालतमा चुनौती दिने कुरा पनि सो पोस्टमा उल्लेख गरेका थिइन् ।
२०२४ को अगस्ट ९ मा आरजी कार अस्पतालको सम्मेलन कक्षमा ३१ वर्षीया महिला प्रशिक्षार्थी डाक्टरको शव फेला परेको थियो । अनुसन्धानका क्रममा डाक्टरको बलात्कार गरेर हत्या गरिएको पत्ता लागेको थियो ।