अमीर के.सी,काठमाडौ :-मायावी चलचित्रको नयाँ गीत “सितार जडेको” भोलि, OSR डिजिटल बाट सार्वजनिक हुने भएको छ। यस गीतमा संगीत शम्भुजित बास्कोटा, गीत लेखन दयाराम पाण्डे र दिवाकर भट्टराई द्वारा गरिएको छ।

यस गीतको माधुर्यले नेपाली संगीतमा नयाँ आयाम थप्ने छ। शम्भुजित बास्कोटाको संगीत र दयाराम पाण्डेको लेखनले यस गीतलाई अत्यन्तै मनमोहक बनाएको छ भने दिवाकर भट्टराईको निर्देशनले यसलाई दृश्य र भावनामा जीवन्त बनाएको छ।
मायावी चलचित्रमा प्रमुख भूमिकामा पल शाह र दीपिका प्रसाईं छन्। यो चलचित्र फाल्गुन १४ (महाशिवरात्रि) मा सिनेमाघरमा रिलिज हुँदैछ। यस गीतको रिलीजले चलचित्रप्रेमीहरूलाई अझै उत्साहित बनाउने विश्वास गरिएको छ।